Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विद्यादेवी भण्डारी राजनीतिमा आउनु सकारात्मक: नेता खनाल
शनिवार, असार २८, २०८२
काठमाडौँ, २८ असार: पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किनुभएको उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै वामपन्थी एकता आजको आवश्यकता भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै उहाँले एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।
'अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ नेता खनालले भन्नुभयो ।