Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
प्रदेश खेलकुद विकास बोर्डद्वारा राम दाहाल सम्मानित
आइतवार, असार २९, २०८२
विराटनगर, २८ असार : शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ ।
दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहकाबीच शनिबार सम्मान गरेको हो । पूर्व खेलाडी तथा शारीरिक सुगठन प्रशिक्षक दाहाललाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, वोर्ड अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सदस्य सचिब कृष्ण बस्नेत (पर्शुराम)ले नगद ९ हजार ९ सय ९९ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भयो ।खेलकूद बोर्डले शनिबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान गरेको हो ।
दाहालले शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि समर्पित रहँदै खेलाडी उत्पादन, प्रशिक्षण तथा प्रतिस्पर्धात्मक उचाइमा पुर्याउने कार्यमा उल्लेखनीय योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख गरिएको छ । उहाँ बडी ग्यारेज बिर्तामोडका सञ्चालक पनि हुनुहुन्छ ।