Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नेप्से परिसूचक ३५ अङ्कले घट्यो
सोमवार, असार ३०, २०८२
काठमाडौँ, ३० असारः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव १३, होटल तथा पर्यटन शून्य दशमलव २५, लगानी एक दशमलव २५, जीवन बीमा एक दशमलव ३६ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव १७, निर्जीवन बीमा एक दशमलव ०५, व्यापार शून्य दशमलव ६४ र अन्य समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।
माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै पाँच दशमलव ९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेको छ ।