Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया सर्वसम्मत
शनिवार, वैशाख ९, २०८०
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा खेलकुद पत्रकार मञ्चले नयाँ नेतृत्व पाएको हो ।
यस्तै, मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चीरञ्जीवि घिमिरे सर्वसम्मत भएका छन् ।
सहसचिव र कोषाध्यक्षमा क्रमश भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन भएका छन् ।
भगीरथ आले मामाको नेतृत्वमा बनेको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको थियो ।
मञ्चले खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ । मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ ।
अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।