सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग

मङ्गलवार, असार ३१, २०८२

काठमाडौँ, ३१ असारः सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले आर्थिक वर्षभित्रै निर्माण आयोजनाको काम सम्पन्न गर्ने पद्धति विकास गर्न, स्वास्थ्य बिमा कार्यक्रमलाई सहज र प्रभावकारी बनाउन तथा छाउपडी प्रथा उन्मूलनका लागि देशभरका छाउगोठ भत्काउने प्रभावकारी कदम चाल्न सरकारसमक्ष माग गर्नुभयो ।
 
सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक खरिद प्रक्रियाअनुरुप ठेक्कापट्टा  प्रारम्भ नहुने र भए पनि आर्थिक वर्षको अन्त्यमा काम सक्ने प्रवृत्ति रहेको भन्दै यस प्रवृत्तिको अन्त्यका लागि सम्बन्धित आयोजना एवं कार्यालय प्रमुखलाई जवाफदेही बनाउन माग गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको प्रारम्भमा नै ठेक्कपट्टा प्रारम्भ गरी समयमा काम सक्ने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद ठाकुर गैरेले पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणको क्षेत्र अझै जोखिममा रहेको भन्दै उक्त सुरुङमार्ग निर्माणको काम समयमा नै सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सिद्धबाबा आयोजनाको हाल भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत र वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको छ । सांसद गैरेले आयोजनालाई छिटो सम्पन्न गरी सुरक्षाको जोखिम न्यूनीकरण गर्न माग गर्नुभयो ।
 
सांसद दुर्गा राईले प्रतिनिधिसभा नियमावलीअनुरुप महिला समन्वय समिति बनाउने व्यवस्था गरिए पनि अहिलेसम्म उक्त समिति गठन नभएको भन्दै नियमावलीमा भएको व्यवस्था तत्काल कार्यान्वनय गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद देवेन्द्र पौडेलले पहिरोका कारण मध्य पहाडी लोकमार्ग अहिले पनि अवरुद्ध रहेको र बाग्लुङको अक्षेतेलगायतका खण्डकखण्डको काम चाँडो सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना शीघ्र रुपमा अगाडि बढाउन पनि माग गर्नुभयो ।
 
सांसद धनबहादुर बुडाले डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना चाँडो निर्माणका लागि उक्त आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणी शर्माले स्वास्थ्य बिमा बोर्डको पछिल्लो निर्णयले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमाको प्रस्थान विन्दुबाट हटाएर उपचारका लागि रिफर लिन टाढाटाढासम्म धाउनुपर्ने बाध्यताले नागरिकलाई स्वास्थ्य बिमाबाट वञ्चित गराएको भन्दै उक्त निर्णय सच्याएर सहज रुपमा पायक पर्ने स्थानबाटै सहज रुपमा बिमाको सुविधा लिन पाउने वातावरण निर्माण गर्न सरकारसमक्ष माग गर्नुभयो ।
 
सांसद पुष्पबहादुर साहले हालैको रसुवामा आएको बाढीले धेरै धनजनको क्षति गराएको, सुदूरपश्चिमा छाउपडी प्रथा विकराल बन्दै गएको तथा छाउगोठ भत्काउन सामाजिक कुप्रथाको अन्त्यका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पूर्णबहादुर घर्तीले कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्ति र ‘भिजिट भिसा’ प्रकरणमा आएको विवादबारे यथार्थ बाहिर ल्याउन सरकारसमक्ष माग गर्नुभयो ।
 
सांसद प्रकाश ज्वालाले सरकारको एकवर्षे कार्यकालमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको, दैनिक उपभोग्य वस्तुको सहजता र रोजगारीको सुनिश्चितता हुन नसकेको जिकिर गर्नुभयो । सांसद प्रतिक्षा तिवारीले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुनुपर्ने व्यवस्थाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई समस्या भएको भन्दै सहज रुपमा नवीकरणको व्यवस्था मिलाउन सभामुखमार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद प्रभु हजाराले खानेपानी, सिँचाइ र मलखादको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेमबहादुर महर्जनले जिम्मेवार सांसदले लामो समय आफ्नो कुरा राख्ने र बाहिरिने क्रममा सरकारमाथि आपत्तिजनक लाञ्छना लाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
 
सांसद वासुदेव घिमिरेले आगामि आर्थिक वर्षभित्रै निर्माण कार्यसम्बन्धी आयोजनाको काम निर्धारित समयभित्रै गुणस्तरीय काम गर्ने वातावरण बनाउन माग गर्नुभयो । सांसद विमला सुवेदीले कञ्चनपुरको छाउगोठसम्बन्धी घटनाले लज्जित बनाएको भन्दै कर्णाली र सुदूरपश्चिममा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्न र देशभरका सबै ठाउँका छाउगोठ भत्काउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सम्बन्धित खबर