Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना
बुधवार, असार ३२, २०८२
झापा, ३२ असार : मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ ।
समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ बालबालिकालाई मेचीनगर–७ इँटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था गर्दै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरीका १० जना बालक र छ जना बालिका रहेका छन् ।
“संस्थाको दिगो नियमित आयस्रोत केही छैन”, समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक सङ्कट चुलिएको बताउँदै भन्नुभयो, “आश्रय लिइरहेका बालबालिकाको भरणपोषण खर्च धान्न समस्या भइरहेको छ ।” विसं २०६० मा स्थापना भएको संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा मेचीनगर–७ मा अपाङ्गता भएका बालबालिकालाई आश्रय दिन पाँच कट्ठा जग्गामा तीनतले भवन निर्माण गरेको थियो ।
बुबाआमा नभएका र अपाङ्गता भएर बिचल्लीमा परेका ती बालबालिका कोही पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् । आश्रित सात जना बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको र बाँकी नौ जनालाई संस्थाको भवनमा नै पढाउन एक जना शिक्षक नियुक्त गरिएको छ ।
संस्थालाई सहज रूपमा सञ्चालन गर्न वार्षिक रूपमा न्यूनतम रु १० लाखको स्रोत सुनिश्चित हुनुपर्नेमा हाल मेचीनगर नगरपालिकाबाहेक अन्य कुनै पनि सरकारी र दातृ निकायबाट सहयोग नरहेको उहाँले बताउनुभयो ।