Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा इनर्जीलाई आईपीओ निष्कासनको अनुमति
बुधवार, असार ३२, २०८२
बिर्तामोड, ३२ असार: झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।
स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ । यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।
१० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालक झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ को माघ १० गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको छ । कम्पनीको वार्षिक प्रतिवेदनअनुसार, आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्र अन्तर्गतको बुलुचोक सब–स्टेसनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
माघ १० देखि असार ३१ गतेसम्मको अवधिमा कम्पनीले कुल ७२ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ । सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट पाँच करोड २८ लाख ८४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो ।