Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
मोरङमा अवैध पेस्तोलसहित दुई युवक पक्राउ
बुधवार, असार ३२, २०८२
विराटनगर, ३२ असार: मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल छन् ।
इलाका प्रहरी कार्यालय रंगेली र पोखरियाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान ६ बजे उनीहरूलाई घरमै छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, स्थानीय दिनेश मण्डलले बनाएको छाप्रोभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल फेला परेको छ । त्यसै स्थानबाट एक थान खुकुरी, एक नक्कली पेस्तोल र मोबाइल फोन पनि बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा हतियार लुकाउन उनीहरू संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोप लागेका २० वर्षीय मुकेशकुमार महतो भने फरार छन् । प्रहरीले पक्राउ परेकाविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।