काठमाडौँ, ३२ असार: नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको हो ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकले आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गर्नेछ । बैठकले केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशन लैजाने विधान संशोधनको प्रस्ताव तय गर्नेछ ।
त्यसअघि, साउन २ गते पोलिटब्युरो बैठक बोलाइएको छ । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते काठमाडौंमा हुँदै छ ।



