मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

सभामुख घिमिरेद्वारा बिर्तामोडको नव निर्मित प्रशासकीय भवन उद्घाटन

बिहिवार, साउन १, २०८२

बिर्तामोड, ३२ असार : बिर्तामोड नगरपालिकाको नव निर्मित प्रशासकीय भवनको आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो ।

नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको
यो भवन पाँच तले छ । उहाँले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनु भयो ।
'सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढंगले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण भूमिका खेल्नेछ', नगर प्रमुख प्रसाईले भन्नुभयो ।

नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनको भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ । दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ ।

तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ । उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सेवाग्राहीको बढ्दो चाप र नगरको विस्तारित कार्यबोझलाई व्यवस्थापन गर्न नयाँ भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०-५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको यो भवन २०८० असार २४ गते सुरु भएर २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो ।

२३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ भवनले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनु भयो ।

सोहि कार्यक्रमका बीच वडा नम्बर ७ का ३ जना सुकुम्बासीलाई जग्गा धनीपुर्जासमेत वितरण गरिएको छ । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री एकराज कार्की, जनप्रतिनिधि, विभिन्न राजनीतिक, प्रशासनिक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

सम्बन्धित खबर