मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बिर्तामोडका भूमिहीन जग्गाधनी बन्दै, लालपुर्जा वितरण सुरु

बिहिवार, साउन १, २०८२

बिर्तामोड, १ साउन : बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ।

नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहका क्रममा बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वडा नम्बर ७ का तीन जनालाई प्रतीकात्मक रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभयो । सूर्यमाला लिम्बु, मनकुमार सुव्वा र डिल्लीकुमार लिम्बुले लालपुर्जा प्राप्त गरेका हुन् ।

वडा नम्बर ७ मा ३ सय ४१ घरधुरी लालपुर्जाका हकदार रहेको र पहिलो चरणमा १ सय जनालाई पूर्जा वितरण गर्न सकिने वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो । उहाँले अब दाबी विरोधको लागि तत्कालै सार्वजनिक सूचना जारी गरिने पनि बताउनुभयो ।नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्पूर्ण भूमिहीनलाई जग्गाको धनी बनाउने अभियानलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले कानूनी प्रक्रिया पुरा गरेर सवै वडामा धनिपुर्जा वितरण गरिने जानकारी दिनुभयो ।

नगरपालिकामा यस अघिनै भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरेर काम अघि बढिरहेको छ । आयोगले वडा नम्बर १० मा दावी बिरोध सम्बन्धी सूचना सार्वजनिक गरेको र त्यसमा कुनै पनि निवेदन नपरेको आयोगका बिर्तामोड संयोजक विमल पोख्रेलले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकामा यस अघिका आयोगले संकलन गरेको तथ्याङ्क अनुसार २ हजार ५ सय ८६ परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । तर पछिल्लो आयोगले फेरि निवेदन दर्ता गराउने समय उपलव्ध गराएपछि केहि थप भएको जनाईएको छ ।

 

सम्बन्धित खबर