Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सभामुख देवराज घिमिरेको आग्रह : एक घर, एक बिरुवा रोपौँ
बिहिवार, साउन १, २०८२
बिर्तामोड, १ साउन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्र झापा-२ लाई हराभरा बनाउन एक महत्वाकांक्षी अभियानको घोषणा गर्नु भएको छ ।
‘एक घर, एक बिरुवा’ को अवधारणा अन्तर्गत अब हरेक घरधुरीले अनिवार्य रूपमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्ने भएको छ ।
बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यो नवीन अभियानको बारेमा जानकारी दिनु भएको हो ।
बढ्दो जलवायु परिवर्तन र वातावरणीय असन्तुलनले भविष्यमा निम्त्याउन सक्ने संकटको पूर्वतयारी स्वरूप यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।
‘कम्तिमा पनि एउटा बिरुवा, त्यो पनि फलफूलको भए झन् राम्रो, हुर्काउने अभियान चलाउन लागिएको छ’, सभामुख घिमिरेले भन्नुभयो, ‘यसका लागि आवश्यक बिरुवाको प्रबन्ध गर्न हामी लागेका छौँ । यो अभियानलाई सफल बनाउन स्थानीय तहले पनि प्राथमिकताका साथ काम गर्नेछन् भन्ने पूर्ण विश्वास छ।’
उहाँले यो अभियान केवल बिरुवा रोप्ने कार्यमा मात्र सीमित नभई त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी हरेक नागरिकको काँधमा आउने बताउनुभयो ।
वातावरणीय सन्तुलन कायम राख्दै विकास र प्रकृतिलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो ।