शुक्रवार, चैत २०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु

बिहिवार, साउन १, २०८२

ढाका, १ साउन:  बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।

गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उहाँको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो । अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए ।

एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।

अराजक अवस्था
टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।

पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो । तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए ।

सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताउनुभयो । देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।

अन्तरिम सरकारले बुधबार विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।

गत मे महिनामा अधिकारीहरूले प्रतिबन्ध लगाएको हसिनाको आवामी लिग पार्टीले सामाजिक सञ्जाल एक्समा धेरै वक्तव्यहरू जारी गरेर हिंसाको निन्दा गरेको छ र मृत्यु तथा घाइतेहरूका लागि अन्तरिम सरकारलाई दोष दिएको छ ।

एक आवामी वक्तव्यले भनेको छ, “हामी विश्वलाई सुरक्षा संयन्त्रको यो स्पष्ट दुरुपयोगलाई ध्यानमा राख्न आग्रह गर्छौं ।” विज्ञप्तिमा ‘असहमतहरू’ विरुद्ध भीड हिंसाको प्रयोग गरेको बताइएको छ ।

विद्यार्थी नेता नाहिद इस्लामले गोपालगञ्ज हिंसाका जिम्मेवारहरूलाई पक्राउ गर्न अधिकारीहरूलाई २४ घण्टाको अल्टिमेटम दिनुभयो र बिहीबार छिमेकी फरिदपुर जिल्लामा अर्को पदयात्रा गर्ने सम्भावना रहेको बताउनुभयो ।

दक्षिणपन्थी जमात–ए–इस्लामी पार्टीले विद्यार्थी नेतृत्वको पार्टीमाथि भएको आक्रमणको निन्दा गरेको छ र बिहीबारका लागि सबै जिल्ला र मुख्य सहरहरूमा देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

अशान्त राष्ट्र
झडपले राष्ट्रिय मेलमिलापको आशालाई कम गरेको भन्दै अन्तरिम सरकारका आलोचकहरूले बढ्दो ध्रुवीकरणको चेतावनी दिएका छन् । यद्यपि युनुसको प्रशासनले हसिनापछिको युगमा व्यवस्था ल्याउने वाचा गरेको छ । आलोचकहरूले अवस्था सुधार नभए लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण खतरामा पर्ने बताएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिना पदच्युत भएर भारत भागेको तीन दिनपछि देशको जिम्मेवारी लिनुभएको थियो र व्यवस्था पुनःस्थापना गर्ने वाचा गर्नुभएको थियो । उहाँले आगामी वर्षको अप्रिलमा नयाँ चुनाव हुने वाचा गर्नुभएको छ ।

हसिनाले अहिले मानवता विरुद्धको अपराधको आरोपको सामना गरिरहनुभएको छ भने सरकारले उहाँलाई भारतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । भारतले बङ्गलादेशको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन ।

गोपालगञ्ज राजनीतिक रूपमा संवेदनशील जिल्ला हो । हसिना बुबाको समाधि त्यहाँ अवस्थित छ । देशको स्वतन्त्रता नेता शेख मुजीबुर रहमानलाई सन् १९७५ मा सैन्य कूमा उहाँको परिवारका अधिकांश सदस्यसँगै हत्या भएपछि त्यहाँ गाडिएको थियो ।

नेसनल सिटिजन पार्टीले बङ्गलादेशी राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने अभियानको एक हिस्साका रूपमा सबै जिल्लामा हुने भन्दै महिनाको सुरुमा आफ्नो ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ सुरु गरेको थियो ।

बङ्गलादेशको राजनीतिक विगत मुख्यतया दुई वंशवादी पार्टीहरू – हसिनाको आवामी लिग र उहाँका प्रतिद्वन्द्वी एवम् पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी (बिएनपी) द्वारा हावी भएको छ । हसिनाको पार्टीको अनुपस्थितिमा सत्तामा आउने आशा राख्ने बिएनपी बुधबारको हिंसाको बारेमा मौन छ ।

सम्बन्धित खबर