काठमाडौं, १ साउनः स्पेनिस क्लब एट्लेटिको मड्रिडले रियाल बेटिसका मिडफिल्डर जोनी कार्डाेसोलाई भित्र्याएको छ । एट्लेटिकोले बिहीबार जोनीसँग सन् २०३० सम्मका लागि सम्झौता भएको जनाएको हो ।
एट्लेटिकोले कार्डाेसोको अनुबन्ध रकमबारे भने खुलाएको छैन । तर, स्पेनका सञ्चारमाध्यमले क्लबले कार्डाेसोलाई करिब ३० मिलियन युरोमा अनुबन्ध गरेको दाबी गरेका छन् ।
अमेरिकाका राष्ट्रिय खेलाडीसमेत रहेका कार्डाेसो सन् २०२४ मा बेटिसमा अनुबन्धित भएका थिए । कार्डाेसोले बेटिसमा एक सिजन बिताउँदा ४४ खेलमा चार गोल गरेका थिए ।
त्यसअघि, उनले ब्राजिलियन कलब इन्टरकोइनलबाट सन् २०१९ मा व्यावसायिक फुटबल सुरु गरेका थिए । कार्डाेसाले राष्ट्रिय टोलीबाट २२ खेल खेलेका छन् ।



