मङ्गलवार, कार्तिक २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kumarhane atmosferini yaşamak isteyenler Bahsegel ile keyif buluyor.

Türkiye’deki oyuncular arasında popülerliğini artıran Bettilt giriş güvenilir yapısıyla öne çıkıyor.

Tenis turnuvalarına bahis oynamak isteyenler Bettilt giriş bağlantısına tıklıyor.

बिर्तामोडमा हालसम्मकै ठूलो लागूऔषध बरामद, मुख्य कारोबारी फरार

शुक्रवार, साउन ३, २०८२

बिर्तामोड, २ असार: झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा नगरपालिका–६ का बिनोद घिमिरेलाई पक्राउ गरेको छ। उनीसँगै यामाहा कम्पनीको मोटरसाइकल (प्र. १–०१–०१३ प ८९०४) र दुई वटा मोबाइल फोन समेत बरामद गरिएको छ।

अनुसन्धानबाट लागूऔषध कारोबारका मुख्य संचालक बिर्तामोडस्थित सनलाईट फर्माका सञ्चालक भानुभक्त खरेल रहेको खुलेको छ। हाल उनी फरार छन् भने पक्राउ परेका घिमिरे खरेलका नजिकका सहयोगी हुन्।

प्रहरीका अनुसार बरामद लागूऔषधमध्ये २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल छन्। यसमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १ लाख ३ हजार ८००, डाइक्लोमाइन एचसिएल ९७ हजार, जेनेग्रा रेड ८ हजार ९००, टेर्म्पिल किट्स ७ हजार ६५० ट्याब्लेट र ट्रामाडोल इन्जेक्सन १ हजार ८७० एम्पुल समावेश छन्।

झापा प्रहरीले यो बरामदलाई हालसम्मकै ठूलो परिमाणको लागूऔषध बरामदका रूपमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले लागूऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि यो सफलता उल्लेखनीय भएको बताउनुभयो।

प्रहरीले फरार रहेका मुख्य अभियुक्त भानुभक्त खरेलको खोजी तीव्र पारिएको जानकारी दिएको छ।

सम्बन्धित खबर