शुक्रवार, कार्तिक २, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकाको आयोजनामा ‘सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धित तालिम’ सुरु

सोमवार, वैशाख ११, २०८०

झापा । बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धित तालिम सुरु भएको छ। तालिम विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आजदेखि सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले व्यानर वाचन गरेर तालिम उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले यस प्रकारको तालिमले सहकारी तथा वित्तिय व्यवस्थापनको कार्यमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

लेखा चुस्त दुरुष्त राख्न तालिम फलदायी हुने भन्दै उहाँले ध्यानपुर्वक सिक्न सहभागीहरुलाई आग्रह गर्नु भयो । उपप्रमुख संग्रौलाले राज्यको नीति अनुसारनै सहकारी र वित्तिय संस्थाहरु दर्ता भएर सञ्चालनमा रहने भएकाले पारदर्शी ढंगले कारोवार गर्नु पर्नेमा जोड दिनु भयो ।


तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारीहरु मध्येबाट ३० जनालाई सहभागी गराइएको नगरको सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिनु भयो । नगरपालिकाले सहकारी तथा गरिबि व्यवस्थापन सूचना प्रणाली, कर्जा व्यवस्थापन, लेखा तथा संस्था व्यवस्थापन लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।

सहकारी तथा सामाजिक विकास शाखाकी संयोजक यामुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला ल्वागुनको पनि उपस्थिति रहेको थियो । तालिम बैशाख १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खबर