बिहिवार, वैशाख ३१, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

शिवसताक्षीमा कार्तिक १५ गतेदेखि ‘झापा महिला गोल्ड कप’ प्रतियोगिता हुने

आइतवार, साउन ४, २०८२

शिवसताक्षी, ४ झापा : झापाको शिवसताक्षी नगरपालिकामा निर्माणाधीन दूधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ।

नगर गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको नगरस्तरीय उक्त रंगशालामा प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको र कार्तिक १५ गतेदेखि झापा महिला गोल्ड कप आयोजना गरिने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

रंगशाला निर्माणका लागि शिवसताक्षी नगरपालिकाले २०७४ सालमा मास्टर प्लान तयार गरेको थियो। हाल मैदानमा झार काट्ने कार्यसमेत तीव्र रूपमा भइरहेको छ। नगरपालिकाले उद्घाटन खेलका रूपमा झापा महिला गोल्ड कप आयोजना गर्ने जनाएको छ।

छ विघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त रंगशालाको कम्पाउन्ड र मुख्य गेटको निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको हो। स्थानीय खेलाडीहरूको पहलमा मैदान सम्याएर सुरु गरिएको यो खेल क्षेत्र अहिले तिनै तहका सरकारहरूको सहकार्यमा व्यवस्थित रूपमा निर्माणाधीन रहेको रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम लिवाङ्गले जानकारी दिनुभयो।

उहाँका अनुसार, रंगशालाको निर्माण कार्य संघीय सरकारबाट विनियोजित पहिलो चरणको ४० लाख रुपैयाँबाट सुरु गरिएको थियो। रंगशालामा फुटबलसहित एथलेटिक्स र भलिबल कोर्टसमेत निर्माण गर्ने योजना रहेको छ।

यस मैदानमा सन् २०५२ सालमा पहिलोपल्ट भवानी स्मृति गोल्ड कप प्रतियोगिता सम्पन्न गरिएको थियो। तत्कालीन भवानी स्मृति गोल्ड कपका अध्यक्ष विरबल जवेगुले त्यतिबेला स्थानीय युवाहरूको सहयोगमा होली सम्याएर मैदान निर्माण गरिएको स्मरण गर्नुभयो।

रंगशाला निर्माणमा हालसम्म नगरपालिकाले २ करोड ४६ लाख रुपैयाँ खर्च गरिसकेको छ भने, संघीय सरकारले घेराबारा र गेट निर्माणका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ। पूर्णरूपमा सम्पन्न भएपछि उक्त रंगशालामा करिब २५ हजार दर्शकले एकै पटक खेल अवलोकन गर्न सक्नेछन्। हाल निर्माणाधीन प्याराफिटमा १,५०० दर्शक खेल हेर्न सक्ने व्यवस्था गरिएको छ।

गोल्ड कप सफलतापूर्वक सम्पन्न गर्नका लागि नगरपालिका र वडा कार्यालयहरूले बजेट व्यवस्थापन गरेका छन्। नगरप्रमुख मेघाहाङ थोप्राले नगरपालिकाले निर्माण गरेको रंगशालाको उद्घाटन खेलका रूपमा झापा महिला गोल्ड कप आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले गोल्ड कप सञ्चालन समितिले अन्य आवश्यक खर्चको व्यवस्थापन गर्ने बताउनुभयो।

शिवसताक्षी नगरपालिका खेलकुदको विकासमा अग्रसर रहेको छ। निर्माणाधीन दूधे रंगशालालाई झापाका स्थानीय तहहरूमध्ये सबैभन्दा व्यवस्थित र सुविधासम्पन्न रंगशालाका रूपमा विकास गरिने लक्ष्य लिइएको छ।

 

सम्बन्धित खबर