आइतवार, साउन ११, २०८२
Nayapaper | अनलाइन पत्रिका

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुँदै

आइतवार, साउन ४, २०८२

काठमाडौँ, ४ साउनः नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता हुँदैछ । भेटवार्ताका निम्ति पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय पुग्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुुभएको छ ।

एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।

सम्बन्धित खबर