Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुँदै
आइतवार, साउन ४, २०८२
काठमाडौँ, ४ साउनः नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता हुँदैछ । भेटवार्ताका निम्ति पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय पुग्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउनुुभएको छ ।
एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपतिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि बस्दैछ ।