Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
प्रेम, पैसा र हत्या : गेस्टहाउसमा युवकको विभत्स अन्त्य
सोमवार, साउन ५, २०८२
जनकपुरधाम, ५ साउन : जनकपुरधामस्थित गेस्टहाउसमा रातको समयमा सँगै बसेका युवक–युवतीबीचको सम्बन्ध रातभरमै हत्या घटनामा परिणत भएको छ। धनुषा प्रहरीले युवकको हत्या आरोपमा २१ वर्षीया एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ परेकी युवती महोत्तरी जिल्लाको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी जुली झा हुन्। उनले महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि चिनजान थियो र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका–२३ मा रहेको एस.पी. एण्ड गेस्टहाउसको कोठा नम्बर १०२ मा उनीहरू सँगै बसेका थिए।
राति करिब ३ बजे यादव गम्भीर अवस्थाबाट होटलको पहिलो तल्लाबाट तल खसेको देखिएको छ।
CCTV फुटेजमा उनी नग्न अवस्थामा शरीरभरि काटिएको र रगत बगिरहेको देखिएको प्रहरीको भनाइ छ। केही मिनेटपछि अभियुक्त झा होटलको पछाडिको गेटबाट फरार भएको दृश्य पनि सोही फुटेजमा देखिएको छ।
घटनापछि प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले गम्भीर घाइते अवस्थामा यादवलाई उद्धार गरी अस्पताल पुर्याएको थियो। तर, आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
फरार रहेकी झा आइतबार दिउँसो १२ बजे धनुषाबाट महोत्तरीतर्फ भाग्ने क्रममा पक्राउ परेकी हुन्। धनुषा प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।