बिर्तामोड, ५ साउन: बिर्तामोड नगरपालिकाले आज दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ।
नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभयो।
मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई ५० हजार रुपैयाँ र स्व. धरम चन्द राजवंसीकी श्रीमती कचनकवल–१ निवासी गीता राजवंसीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले आर्थिक अवस्था कमजोर भएका श्रमिक र उनीहरूको परिवारका लागि श्रमिक हितकोष प्रभावकारी रहेको बताउनुभयो।
सहायता वितरण कार्यक्रममा कार्यपालिका सदस्य जगत राजवंशी, कोषका उपाध्यक्ष यज्ञ प्रताप अधिकारी, सचिव होमनाथ भट्टराई, सदस्य अम्बीर कुमार लिङ्देनलगायतको उपस्थिति रहेको थियो।बिर्तामोड नगरपालिकाले श्रमिक हितकोषमा सूचीकृत श्रमिकहरूलाई स्वास्थ्य समस्याका बेला आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।
