आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पत्रकार उद्दव पुरी ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

बुधवार, साउन ७, २०८२

बिर्तामोड, ७ साउन : प्रेस सेन्टर नेपाल, झापा समन्वय समितिद्वारा जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरिएको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार उद्दव पुरीलाई प्रदान गरिएको छ।

बुधबार झापाको बिर्तामोडमा आयोजित एक विशेष समारोहका बीच दुई दशकदेखि सक्रिय पत्रकारितामा योगदान पुर्‍याउँदै आउनुभएका पुरीलाई नगद ४२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। उहाँ हाल शब्दपत्र अनलाइनका प्रकाशक तथा सम्पादक हुनुहुन्छ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रन्जित तामाङले पुरीलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

एक दशकअघि पाँच हजार रुपैयाँ राशिबाट सुरु गरिएको यो पुरस्कारको राशी क्रमशः वृद्धि गर्दै गएको वर्षदेखि ४२ हजार रुपैयाँ पुर्‍याइएको प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो।

यसअघि प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकारहरू चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पनि सो पुरस्कारबाट सम्मान गरिसकेको छ।

यसै अवसरमा प्रेस सेन्टरले यस वर्षदेखि सुरु गरेको ‘डि–कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोष’मा आर्थिक सहयोग गर्ने दाताहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपी भट्टराई र माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया रहनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथि रन्जित तामाङ, माओवादी केन्द्र प्रदेश नम्बर १ का उपाध्यक्ष विजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, स्व. देवकुमार आचार्य (डि–कौडिन्य) की धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापाका संयोजक प्रवीण अधिकारी, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले दिवंगत पत्रकार डि–कौडिन्यको जीवनीमाथि प्रकाश पार्नुभएको थियो।

प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रकाश उप्रेती र राजन साम्पाङले गर्नुभएको थियो।

सम्बन्धित खबर