Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सभामुखको पहलमा झापाका अपांगलाई झुल तथा लौरो वितरण
बुधवार, साउन ७, २०८२
झापा, ७ साउनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको विशेष पहलमा झापा क्षेत्र नम्बर २ मा रहेका अपांग व्यक्तिहरुलाई झुल तथा लौरो वितरण गरिएको छ।
अर्जुनधारा नगरपालिका–१, २, ३ र ११ नम्बर वडाका २८६ जनालाई आज झुल वितरण गरिएको सभामुख घिमिरेको निर्वाचन क्षेत्र सम्पर्क कार्यालयका प्रमुख हिमाल मैनालीले जानकारी दिनुभयो। आवश्यक्ताको आधारमा उनीहरुलाई लौरो पनि वितरण गरिएको छ।
सभामुख घिमिरेकी जीवनसङ्गिनी टिकादेवी बस्नेत घिमिरेले वडा तथा टोलस्तरमै पुगेर सामाग्री बितरण गर्नुभएको हो ।
यसअघि कनकाई र बिर्तामोड नगरपालिकामा क्रमशः अपांग तथा दलित, सुकुम्बासी र मजदुर बस्ती लक्षित गरी १ हजार २ सय ५० थान झुल तथा लौरो वितरण गरिएको थियो।
अब अर्जुनधाराका बाँकी केहि स्थान र बुद्धशान्ती गाउँपालिकाका ३ वटा वडामा अपांगहरुलाई सामग्री वितरण गर्ने कार्य बाँकी रहेको मैनालीको भनाइ छ।
उहाँका अनुसार यसपटक थप १ हजार थान झुल वितरण गरिनेछ भने आवश्यकता अनुसार लौरो पनि वितरण गरिनेछ।