बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

एमाले केन्द्रीय कमिटी बैठक झापामा

मङ्गलवार, वैशाख १२, २०८०

काठमाडौं । नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।

सम्बन्धित खबर