Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
झापा रक स्टार : प्रतिभाको खोजी
बिहिवार, साउन ८, २०८२
बिर्तामोड, ८ झापा : बिर्तामोडमा ‘झापा रक स्टार’ कार्यक्रम आयोजना हुने भएको छ। अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने यस कार्यक्रममा झापा जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागिता रहने कार्यक्रम संयोजक सुनिता तामाङले जानकारी दिनुभयो।
कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सांगीतिक समूहहरूबीच प्रतिस्पर्धात्मक ब्यान्ड संगीत प्रतियोगिता आयोजना गरिनेछ।
साउन १० गते पहिलो अडिशन बिर्तामोडको मोक्ष होटलमा हुनेछ। उक्त चरणबाट छनोट भएका शीर्ष तीन ब्यान्डहरू फाइनल चरणमा प्रतिस्पर्धा गर्ने संयोजक तामाङले बताउनुभयो। ब्यान्डमा कम्तीमा पाँच जना सदस्य अनिवार्य रहने व्यवस्था गरिएको छ।
कार्यक्रमको नाम ‘रक स्टार’ रहेपनि पप तथा र्याप मात्र नभई नेपाली लोक बाजाको संरक्षण तथा प्रवर्द्धन गर्दै युवा पुस्तालाई संगीततर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रमका संगीतकार कृष्ण योञ्जनले संगीत मार्फत समाजको संस्कृति र मौलिकताको प्रवर्द्धनमा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। ‘झापा रक स्टार’ कार्यक्रम विगत केही वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ।