Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
शिवसताक्षीमा अपाङ्गता भएका ४० जना नागरिकलाई ह्वीलचेयर
शुक्रवार, साउन ९, २०८२
शिवसताक्षी, ९ साउनः झापाको शिवसताक्षी नगरपालिकाले अपाङ्गता भएका ४० जना नागरिकलाई ह्वीलचेयर, सीपी ह्वीलचेयर र ट्राइसाइकल जस्ता सहायक सामग्री वितरण गरेको छ ।
प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम कार्यक्रम’ अन्तर्गत उक्त सामग्री वितरण गरिएको हो ।
नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख मेघहाङ थोप्राले वितरण गरिएका सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यी सामग्रीले तपाईंहरूको जीवनमा ठूलो सहयोग नपुगे पनि दैनिक कामका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।” नगरप्रमुख थोप्राले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासका लागि सीपमूलक तालिमहरू पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
करुणा फाउन्डेसनका अनुसार, अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत साउन महिनाभित्र नगरका २४० जनालाई करिब २२ लाख ६० हजार रुपैयाँ बराबरको सहायक सामग्री वितरण गर्ने लक्ष्य छ ।
नगर उपप्रमुख तथा कार्यक्रम संयोजक नरमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई सामग्री प्रयोग गर्ने तरिकाबारे पनि जानकारी गराइएको थियो ।