Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
‘द ब्ल्यू लाइट’को पहिलो झलकमा तीन पात्र
शनिवार, साउन १०, २०८२
काठमाडौं, १० साउन: चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।
मंसिर १२ गते रिलिज हुने चलचित्रको पहिलो झलकमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । बुवाको मृत्यु भएको सपना देखेर डराइरहेकी छोरी, आफूलाई तर्साउनेलाई नष्ट गर्न हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर पहिलो झलकमा देख्न सकिन्छ ।
पहिलो झलक भन्दै निर्माणपक्षले निलो पृष्ठभूमीमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ । जसमा बेनिशासँगै अपर्ण थापा र सृृष्टि श्रेष्ठ छन् । एंग्री लुक्समा रहेकी सृष्टिको हातमा आलो रगत लतपतिएको बन्चरो छ ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा, अर्पण र सृष्टिसँगै महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।