आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छः प्रचण्ड

शनिवार, साउन १०, २०८२

काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताउनुभयो ।

“म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष दाहालले भन्नुभयो, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।”

अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नतिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताउनुभयो । “आजको अन्तरराष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रैले कम्युनिष्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताउनुभयो । “अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, साङ्गठनिक पुनःगठन आवश्यक छ, बलियो कम्युनिष्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छु”, नेता खनालले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता कैलाश ढुङ्गेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताउनुभयो ।

सम्बन्धित खबर