शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

राष्ट्रियसभा शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

आइतवार, साउन ११, २०८२

काठमाडौँ, ११ साउनः राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ  
      
बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएकोे अवस्थामा सरकारले आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
      
सांसद घनश्याम रिजालले सरकारले सुशासनको कुरा गरे पनि अनधिकृत रुपमा स्वकीय सचिव नियुक्ति गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्नुभयो ।
 
      सांसद कृष्णबहादुर रोकायाले रुकुम–पश्चिमममा पुरानो चौरजारी विमानस्थलमा हवाई उडान बन्द भएको छ वर्षसम्म पनि नखुलेको हुनाले तत्काल उक्त विमानस्थल सञ्चालनमा ल्याएर हवाई उडान सुरु गर्न माग गर्नुभयो ।
      
सांसद पदमबहादुर परियारले रोजगारका लागि कुवेत गएकी सङ्गीता थापाले रोजगारदाताले मानसिक र शारीरिक तनाव दिने गरेको सामाजिक सञ्जालमार्फत फेसबुकमा लेखिरहेको देखिएकाले तत्काल उद्धारका लागि सरकारसँग माग गर्नुभयो ।
      
सांसद रुक्मणि कोइरालाले विसं २०११ नेपाल–भारतबीच कोशी सम्झौता गर्दा कोशी बाँध र पुल निर्माण गर्दा लगभग ३५ हजार बिघा जमिन अतिक्रमण गरिएको र सम्झौतामा भारतले क्षतिपूर्ति दिने भए तापनि अहिलेसम्म नपाएकाले त्यो क्षेत्रको जनताको समस्या परिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
      
सांसद रेणु चन्दले बैतडीको पुर्चाैनी नगरपालिकामा श्रीभारवर सडकको अहिलेसम्म स्तरोन्नति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।
      
सांसद विष्णुकुमारी सापकोटाले यातायात व्यवस्था कार्यालय र विभाग अव्यवस्थित हुँदै गएको देखिएकाले नागरिकको विश्वास जित्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
      
सांसद विष्णुबहादुर विश्वकर्माले सुर्खेतको पञ्चपुरी निवासी हाल मुम्बईमा बस्दै आएका कँडेल परिवारको छोरीहरु १७ वर्षीय मेकुका र १५ वर्षीय सिर्जना कँडेल तीन साताअघि हराएकामा भक्तपुरको बोडेमा शव फेला परेकाले तिनीहरुको अपहरण गरी हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो ।
      
सांसद श्रीकृष्ण अधिकारीले सरकारले सुशासनको कुरा गरिरहेको भए पनि निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने विषयमा तत्काल छानबिन गर्न माग गर्नुभयो ।
सम्बन्धित खबर