Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
सोमवार, साउन १२, २०८२
काठमाडौँ, १२ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।
गण्डकीलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।