Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडमा बेसिक मोडुलर तालिम सम्पन्न
सोमवार, वैशाख १८, २०८०
झापा । बिर्तामोड नगरपालिकाले क्षयरोग मुक्त अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई बेसिक मोडुलर तालिम प्रदान गरेको छ ।
स्वास्थ्य शाखाको आयोजनामा बैशाख १६ गतेदखि १८ गते आजसम्म तालिम सञ्चालन भएको हो । महेन्द्र रत्न माध्यमिक विद्यालयको हलमा आयोजित तालिममा बिर्तामोड नगरअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारी, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक विश्वनाथ श्रेष्ठ, बिर्तामोड नगरपालिकाका क्षयरोग फोकल पर्सन दिपक सापकोटा र बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक अजय वि.कले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा क्षयरोगको लक्षण, चिन्ह, उपचार, पद्वति, यसबाट हुने असर, उपचार, समय र समाजमा पारेको प्रभावका विषयमा चर्चा गरिएको छ ।
सहभागीहरुलाई क्षयरोगीले औषधी सेवन गर्नु पर्ने समयावधि , यसबाट हुन सक्ने खतरा, समाजमा लुकेर बसेका संकास्पद बिरामीको खाजी, भेटिएका बिरामीको निशुल्क उपचार लगायतका विषयमा प्रक्षिण प्रदान गरीएको जनाइएको छ ।
तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्ट, स्वास्थ्य कार्यालय झापाका प्रमुख वरिष्ठ जनस्वास्थय अधिकृत रमेश बाह्रकोटी लगायतको उपस्थिति रहेको थियो ।