Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
कोशी प्रदेशको नाम नलेखेको विषयमा खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण
बिहिवार, वैशाख २१, २०८०
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम किन नलेखेको भन्दै मन्त्रालयले सात दिने स्पष्टीकरण सोधेको हो ।
प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । फाइनलमा आयोजकज कोशी प्रदेशलाई पराजित गर्दै गण्डकीले उपाधि जितेको थियो ।
प्रतियोगिताको ब्यानरलगायत खेल सामग्रीमा कोशी प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण सोधेको हो । मन्त्रालयले वैशाख १७ गते स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण सोधेको दुई दिनपछि मन्त्रालयले १९ गते बोर्डको बैंक खाता पनि रोक्का गरिदिएको छ । प्रभु बैकलाई पत्राचार गर्दै मन्त्रालयले खाता रोक्का गर्न लगाएको हो ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गर्नु भएको थियो । एमाले नेतृत्वको सरकार बनेपछि वाग्लेलाई पदमुक्त गर्नका लागि स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले बताएको छ ।