Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापा साइक्लिङ क्लब गठन, अध्यक्षमा आकाश श्रेष्ठ
मङ्गलवार, साउन १३, २०८२
बिर्तामोड, १३ साउन : झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो ।
क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् ।
१३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् ।
झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलोपटक हो ।
अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।
नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।