बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

मङ्गलवार, साउन १३, २०८२

चीन, १३ साउन: बेइजिङमा भारी वर्षाले ३० जनाको ज्यान लिएपछि अधिकारीहरूलाई हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । उत्तरी चीनका विस्तृत भूभागहरूमा मुसलधारे वर्षाले घातक पहिरोहरू निम्त्याएको राज्य सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।
 
मौसम अधिकारीहरूले राजधानी, छिमेकी हेबेई र तियानजिनका साथै उत्तरी, पूर्वी र दक्षिणी चीनका अन्य १० प्रान्तका लागि दोस्रो उच्च वर्षाको चेतावनी जारी गरेको राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । वर्षा बुधबारसम्म जारी रहने अपेक्षा गरिएको छ ।
 
“सोमबार मध्यरातसम्म पछिल्लो चरणको भारी आँधी वर्षाले बेइजिङमा ३० जनाको ज्यान लिएको छ,“ सिन्ह्वाले सहरको नगरपालिका बाढी नियन्त्रण मुख्यालयलाई उद्धृत गर्दै भनेको छ । चिनियाँ राजधानीमा मात्रै ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सरकारी आउटलेट बेइजिङ डेलीले सामाजिक सञ्जालमा जनाएको छ ।
 
सहरको केन्द्रबाट उत्तरपूर्वमा रहेको उपनगरीय जिल्ला मियुनमा सबैभन्दा बढी मृत्यु भएको बताइएको छ । सहरको उत्तरमा रहेको हुआइरोउ जिल्ला र दक्षिणपश्चिममा रहेको फाङ्सान पनि नराम्ररी प्रभावित भएको राज्य सञ्चार माध्यमले जनाएको छ ।
 
दर्जनौँ सडक बन्द भएको र १३० वटाभन्दा बढी गाउँले बिजुली गुमाएको बेइजिङ डेलीले जनाएको छ । “कृपया मौसम पूर्वानुमान र चेतावनीहरूमा ध्यान दिनुहोस् र आवश्यक नभएसम्म जोखिमपूर्ण क्षेत्रहरूमा नजानुहोस्”, आउटलेटले भन्यो ।
 
पूर्ण प्रयासहरू
 
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार राति अधिकारीहरूलाई सबैभन्दा खराब अवस्थाका लागि योजना बनाउन र बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्न आग्रह गर्नुभयो ।
 
बेइजिङ डेलीका अनुसार स्थानीय अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धारका लागि र हताहतीको सङ्ख्या घटाउन सबै प्रयास गरेका छन् । सरकारले भारी वर्षाले प्रभावित नौ क्षेत्रमा विपद् राहतका लागि ३५ करोड युआन (चार करोड ९० लाख डलर) छुट्याएको राज्य प्रसारणकर्ता सिसिटिभीले मङ्गलबार जनाएको छ ।
 
यसमा उत्तरी बेइजिङ, तियानजिन, हेबेई, साङ्सी, साआङ्सी, भित्री मङ्गोलिया, उत्तरपूर्वी जिलिन, पूर्वी साङ्डोङ र दक्षिणी गुआङ्डोङ समावेश छन् । राजधानीका लागि छुट्टै २० करोड युआन छुट्याइएको प्रसारकले बताएको छ ।
 
राजधानीलाई घेरेको हेबेई प्रान्तमा चेङ्दे सहर नजिकैको गाउँमा भएको भूस्खलनमा चार जनाको मृत्यु भएको र आठ जना अझै बेपत्ता रहेको सिसिटिभीले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले मङ्गलबार साँझसम्म आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् । चेङ्दे र वरपरका क्षेत्रहरू उच्च सतर्कतामा रहेको हेबेईको रेडियो र टेलिभिजन स्टेसनले जनाएको छ ।
 
सन् २०२३ मा भारी वर्षाले उत्तरी र उत्तरपूर्वी चीनमा ८० जनाभन्दा बढीको ज्यान गएको थियो । यसमा हेबेईमा कम्तीमा २९ जना थिए । त्यहाँ गम्भीर बाढीले घर र बालीका खेतहरू नष्ट गरेको थियो ।त्यस समयका केही रिपोर्टहरूले बाढीलाई राजधानीबाट टाढा सार्ने सरकारी निर्णयको भार प्रान्तले बोकेको बताएका थिए ।
 
जलवायु परिवर्तन कारक 
 
चीनभर प्राकृतिक प्रकोपहरू सामान्य छन् । विशेष गरी गर्मीमा जब केही क्षेत्रहरूले भारी वर्षाको अनुभव गर्छन् भने अरूहरू भीषण गर्मी हुन्छ ।
 
चीन हरितगृह ग्यासहरूको विश्वको सबैभन्दा ठूलो उत्सर्जनकर्ता हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले जलवायु परिवर्तनलाई चलाउँछ र चरम मौसमलाई अधिक बारम्बार र तीव्र बनाउन योगदान गर्छ । तर चीन एक विश्वव्यापी नवीकरणीय ऊर्जा पावरहाउस पनि हो । यस मुलुकले सन् २०६० सम्ममा आफ्नो विशाल अर्थतन्त्रलाई कार्बन–तटस्थ बनाउने लक्ष्य राखेको छ ।
 
यस महिना पूर्वी सान्डोङ प्रान्तमा आएको बाढीमा दुई जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका थिए ।यस महिना सिचुआन प्रान्तको राजमार्गमा भएको भूस्खलनले पनि पहाडको छेउमा धेरै कारहरू बगाएपछि पाँच जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खबर