शनिवार, असार २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

नगरप्रमुख भट्टराई आमरण अनशनमा

बुधवार, साउन १४, २०८२

खोटाङ, १४ साउन: तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको बताउनुभयो ।

बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने उहाँको माग छ ।

काठमाडौंबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतको माग नगरप्रमुख भट्टराईले राख्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईले सो माग राखेर साउन ११ गतेदेखि १४ गतेसम्म बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म भोक हड्तालमा बस्नुभएको छ ।

माग पूरा नभएसम्म सत्याग्रहमा बस्ने घोषणा गरेर काठमाडौँ जानुभएका प्रमुख भट्टराई भोक हड्तालबाट माग पूरा नभएपछि आमरण अनशन सुरु गर्नुभएको बताउनुभएको छ । माग पूरा नभएसम्म अनशन नतोड्ने मेयर भट्टराईले बताउनुभयो ।

कपाल मुण्डन गरेर बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी ओछ्याएर अनशन सुरु गर्नुभएका प्रमुख भट्टराईले मृत्यु स्वीकार्न तयार रहेको तर अनशन नतोड्ने बताउनुभयो ।

सरकारसँग वार्ताका लागि नगरपालिकाका उपप्रमुख विसन राईको संयोजकत्वमा समिति गठन गरिएको छ । तर हालसम्म सरकारी पक्षबाट कुनै ठोस सुनुवाइ भएको छैन ।

कपाल मुन्डन गरेर, खाली खुट्टा भोक हडतालका लागि बाँस लिएर सिंहदरबारको दक्षिण गेटमा साउन ११ गते पुग्नुभएका प्रमुख भट्टराईलाई माइतीघर मण्डलामा लगेर नेपाल प्रहरीले छाडेको थियो । नगरप्रमुख भट्टराई माइतीघर मण्डलामा तीन दिनसम्म भोक हडतालमा बस्नुभएको थियो । सरकारी पक्षबाट माग पूरा नभएपछि उहाँले अनिश्चितकालीन आमरण अनशन सुरु गर्नुभएको थियो ।

सम्बन्धित खबर