बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

जनप्रतिनिधि र शिक्षककै छोराछोरी छैनन् सरकारी विद्यालयमा

बिहिवार, साउन १५, २०८२

झापा, १५ साउन: कमल गाउँपालिकाले आफ्ना पालिकाका जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुले छोराछोरी कहाँ पढाउँछन् भन्ने विवरण सार्वजनिक गरेको छ ।

‘सरोकारवालाहरुको जानकारीका लागि’ भन्दै पालिकाले सूचनामार्फत सार्वजनिक गरेको विवरण अनुसार आधाभन्दा धेरै जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्दैनन् । सार्वजनिक गरिएको विवरणलाई पालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रमाणित गर्नु भएको छ । पालिकाले सार्वजनिक गरेका ४१४ जना जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीहरुमध्ये ६७ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाएका छन् ।

निजी विद्यालयमा छोराछोरी पढाउनेहरु ९९ जना रहेका छन् । बाँकी २४८ जनामध्ये अधिकांशले आफ्ना छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको विवरण पालिकालाई उपलब्ध गराएका छन् । केहीले अविवाहित रहेको समेत जनाएका छन् भने केहीको छोराछोरी विदेशमा पढिरहेको समेत उल्लेख छ ।

पालिकाले सामुदायिक विद्यालयका २५७ जना शिक्षक, ३९ जना जनप्रतिनिधि र ११८ जना कर्मचारीको छोराछोरीको नाम, कक्षा र उनीहरु पढ्ने विद्यालयको नाम सार्वजनिक गरेको हो । पालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेका छोराछोरीले विद्यालय तहको शिक्षा पूरा गरिसकेको जनाइएको छ । विद्यालय तहमा पढाउँदा कुन विद्यालयमा पढेका थिए भन्ने चाहिँ उल्लेख छैन ।

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका दुई छोराछोरीमध्ये एउटी छोरी लिलीपुट प्रिमियर स्कुल (निजी विद्यालय)को कक्षा ३ मा अध्ययनरत् रहेको जनाइएको छ । वडा नं. २ का वडा सदस्य भीमबहादुर कार्की, कार्यपालिका सदस्य ज्ञानबहादुर नेपाली लगायतका जनप्रतिनिधिले आफ्ना छोराछोरी आफ्नै वडाको सामुदायिक विद्यालयमा पढाउने गरेको उल्लेख छ । कार्कीका छोरा सन्दिपसिंह कार्की महेन्द्ररत्न माविमा र नेपालीका दुई छोराछोरी नरेन्द्र जनता माविमा अध्ययनरत् छन् ।

वडा नं. १ का वडा सदस्य चैतन्यप्रसाद चम्लागाईले ज्ञानज्योति बोर्डिङ गौरादह र वडा नं. ७ की वडा सदस्य हिमादेवी नेपालीले स्मारिका बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउने गरेको विवरण सार्वजनिक भएको छ । पालिकाकी लेखा अधिकृत सृजना राईले आफ्ना दुवै जना छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु भएको छैन । उहाँका छोराछोरी ज्ञानोदय बालवाटिका विद्यालय र सूर्योदय इङ्लिश स्कुलमा अध्ययनरत् छन् । पालिकाको विसं. २०८० वैशाख १९ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि, सामुदायिक शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्ययन गराउनु पर्ने निर्णय गरेको पालिकाका प्रमुख हुकुमसिंह राईले बताउनुभयो ।

सोही निर्णयलाई आधार मानेर पालिकाले छोराछोरी पढ्ने विवरण संकलन गरेको थियो । शिक्षा ऐनले जनप्रतिनिधि, सामुदायिकका शिक्षक र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनै पर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । तथापि पालिकाको सामुदायिक विद्यालयप्रति जनआकर्षण बढाउन कार्यपालिकाले निर्णय गरेको पालिकाको सूचनामा उल्लेख छ । सामुदायिक विद्यालयका शिक्षकहरु नै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन लैजान्छन् भन्ने गुनासो आइरहेका बेला कमल गाउँपालिकाको निर्णयलाई सर्वसाधारणले भने सकारात्मक रुपमा लिएको पाइएको छ ।

पालिकाका २५७ जना शिक्षकमध्ये ५७ जनाले मात्र सामुदायिक विद्यालयमा र ५३ जनाले निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक रामकुमार सुब्बाले आफ्ना दुई जना छोराछोरीलाई आफुले पढाउने विद्यालयमै पढाउने गरेको जनाइएको छ । उहाँका छोराछोरी कक्षा ४ र ६ मा पढ्छन् ।

सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक प्रभाखर काफ्लेका दुबै छोराछोरी निजी विद्यालयमा पढ्ने गरेका छन् । दमकको सिंहदेवी बोर्डिङ स्कुल दमक र सनसाइन बोर्डिङ स्कुल कमलमा उहाँका छोराछोरी अध्ययन गर्दै आएको पालिकाको सूचनामा उल्लेख छ । पालिकाका ३९ जनप्रतिनिधिमध्ये चार जनाले, कर्मचारी ११८ जनामध्ये छ जनाले मात्र सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको जनाइएको छ ।

सम्बन्धित खबर