बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

शुक्रवार, साउन १६, २०८२

काठमाडौँ, १६ साउनः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेशनल प्याब्सनले आज पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुपमा परिमार्जित गरी जारी गर्न माग गरेको हो ।
 
संविधानको अवधारणा अनुसार समुन्नत नेपालको मूल आधार सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताको मर्म, उद्देश्य तथा लक्ष्यअनरूप विद्यालय शिक्षा ऐन विभेदरहित रुपमा निर्माण गर्न आग्रह गर्दै नेशनल प्याब्सनले कानुनबमोजिम हालसम्म कम्पनी अन्तर्गत रहेका निजी विद्यालयलाई कम्पनी ऐन अन्तर्गत नै सञ्चालन हुने व्यवस्था गर्न माग गरेको छ ।
 
 पत्रकार सम्मेलनमा नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले कम्पनी ऐनको प्रकृति र उद्देश्य अनुरुप कम्पनी ऐन अन्तर्गत सञ्चालित विद्यालय गैरनाफामूलक बन्न नसक्ने कुरालाई स्पष्टरुपमा ऐनमा उल्लेख गर्न आग्रह गर्नुभयो ।  उहाँले छात्रवृत्तिको समान अवसरबाट सबै तहमा नेपाली बालबालिका वञ्चित रहन नपरोस भन्दै निजी विद्यालयलाई अनियमित हिसाबले थोपर्न खोजिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था हटाई न्यायोचित छात्रवृत्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
 
विद्यालय शिक्षाको विश्व–परिवेशलाई अध्ययन गर्दा राज्यकोषबाट सञ्चालन हुने विद्यालय बाहेकका अन्य निजी विद्यालय निःशुल्क बन्न नसक्ने यथार्थतालाई गम्भीरताकासाथ समीक्षा गर्न आग्रह गरिएको छ । नेशनल प्याब्सनले शिक्षा, नीति तथा कानुन निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
 
नेशनल प्याब्सनका अनुसार नेपालमा विद्यालय तहको ३४ प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थामा आज रु आठ खर्ब भन्दा बढी लगानी रहेको छ । दुई लाखभन्दा बढी शिक्षक–कर्मचारीमा ५५ प्रतिशत महिलालाई रोजगारीको अवसर प्रदान गरिरहेको एनप्याब्सन आवद्ध विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । 
सम्बन्धित खबर