Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मुख्यमन्त्रीद्वारा मेची क्याम्पसको क्रिकेट रङ्गशालाको अवलोकन
शुक्रवार, साउन १६, २०८२
झापा, १६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको भद्रपुर ८ मा रहेको मेची बहुमुखी क्याम्पस क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ।
कोशी प्रदेशमा नै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो रङ्गशालामा प्रारम्भिक चरणको काम गरिएको छ। कोशी प्रदेश सरकार ,भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्च गरेर अहिले रङ्गशालाको प्रारम्भिक चरणको काम भएको भद्रपुर क्रिकेट क्लबले जानकारी दिएको छ।
सोअवलोकन भ्रमणमा मुख्यमन्त्री कार्कीले मैदानको प्रारम्भिक चरणको काम राम्रो ढंगले बढेको बताउँदै यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो मैदानलाई करिब ८ हजार दर्शकले हेर्न मिल्ने गरी बनाउने तयारी गरिएको जनप्रतिनिधि तथा क्लबका पदाधिकारीले जानकारी दिनुभयो।
मुख्यमन्त्री कार्कीले मैदानको राम्रो डिपिआर बनाएर काम अगाडि बढाउनको लागि क्लबलाई आग्रह गर्नुभयो। उहाँले डिपिआर पछि प्रदेश सरकारले कस्तो खालको सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल अगाडि बढाएर काम गर्ने बताउनुभयो।
उहाँले प्रदेश सरकार खेलक्षेत्रको विकास गर्न क्रियाशील रहेको बताउँदै यसका लागि त्यस क्षेत्रका नागरिक अगुवा र खेलप्रेमी हरूको पनि भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अवलोकन भ्रमणमा भद्रपुरमा नगरपालिकाका वडा अध्यक्ष मनोज सुब्बा र क्लबका अध्यक्ष आदित्य पराजुली लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।