बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

म्यान्माको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु

आइतवार, साउन १८, २०८२

याङ्गुन, १८ साउन: म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मालाई गृहयुद्धले तहसनहस पारेको छ । म्यानमाका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउठाउमा सहकार्य गरिरहेका छन् ।

रूबी व्यापारको केन्द्रसहित मोगोक शहरसहित धेरै क्षेत्रहरूमा सेनाको कारबाहीका ेसुरुमा खासै प्रभाव नपारेपनि सन् २०२३ को अन्त्यमा सुरु भएको संयुक्त आक्रमणले मोगोकसहित धेरै क्षेत्रहरू कब्जा गर्न सफल भएको छ ।

म्यान्मार बहुमूल्य पत्थर र दुर्लभ खनिज तत्वहरूका लागि धनी मानिन्छ । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ ।

सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा एक स्थानीयले स्थानीय समयअनुसार बिहान ८ः१५ बजे भएको आक्रमणमा परी सात जनाको घटनास्थलमा नै मृत्यु भएको र छ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको बताए ।

उनका अनुसार मृत्यु हुनेमा भिक्षा माग्ने एक बौद्ध भिक्षु र एउटै मोटरसाइकलमा सवार एक बाबु र छोरासमेत रहेका छन् ।

उनले भने, “सो क्षेत्रबाट अघि बढिरहेको एउटा कारलाई पनि आक्रमणबाट ठक्कर लागेको र चालकसहित सात जना घाइते भएका छन् ।

गत ग्रीष्मऋतुदेखि मोगोक कब्जामा रहेको ताआङ नेसनल लिबरेशन आर्मीका एक प्रवक्ताले मृतकको सङ्ख्या १३ पुगेको र १४ जना घाइते भएको बताए ।

प्रवक्ता ल्वे याय ओले भने, “बिहानको समयमा सार्वजनिक स्थलमा हवाई आक्रमण भएको थियो । सडकमा धेरै मानिसहरू हिँडिरहेका थिए, त्यसैले धेरै मानिसहरू मारिएका आशङ्का गरिएको छ ।”

सुरुमा विद्रोहीहरूको संयुक्त आक्रमणबाट सेना पछि हटेपनि तर पछिल्लो समय सेनाले आफ्नो सङ्ख्या बढाएको र उक्त क्षेत्रमा नियन्त्रण लिएको छ ।

म्यान्माको मध्य भागमा रहेको थाबेइकिन सुन खानी केन्द्रसहित केही महत्वपूर्ण बस्तीलाई सेनाले हालै पुनः कब्जामा लिएको छ ।

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपतकालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ र डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ ।

यद्यपि, सुकी अझै पनि जेलमा रहेका बेला अपदस्थ सांसदहरूलगायत विपक्षी समूहहरूले निर्वाचन बहिष्कार गरिरहेका छन्। गत जुनमहिनामा संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो अभ्यासलाई जुन्टाको निरन्तर शासनलाई वैधता प्रदान गर्न बनाइएको ‘जालसाजी’ को संज्ञा दिएका थिए।

सम्बन्धित खबर