बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

दोस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपको तयारी तिव्र

बुधवार, वैशाख २७, २०८०

झापा ।  बिर्तामोडमा आयोजना गरीएको कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको तयारी तिव्र पारीएको छ ।

आगामी जेठ १२ र १३ गतेका लागि तय भएको प्रतियोगिताको आवश्यक तयारी तव्र पारीएको हो । आयोजक समितिका संयोजक तथा बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालले प्रतियोगिता पहिलो सिजन भन्दा उत्कृष्ट बनाउने उदेश्यका साथ काम गरीरहेको बताउनु भयो । उहाँले प्रतियोगिता सफल बनाउनको लागि कार्य विभाजन गरेर काम गरिरहेको जानकारी दिनु भयो ।

यस्तै आयोजक समितिका सचिव राजेश गिरीले तोकिएको मितिमै प्रतियोगिता हुने बताउनु भयो । प्रतियोगिता नहुने भनेर केहि अराजक तत्वहरुले हल्ला चलाएको भन्दै उहाँले त्यस प्रकारको भ्रममा नपर्न खेलाडीहरुलाई आग्रह गर्नु भयो । अघिल्लो वर्ष सफलता पूर्वक प्रथम मिस्टर कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपको सम्पन्न गरेको बडि ग्यारेज बिर्तामोडले यस वर्ष दोश्रो संस्करण गर्न लागेको हो । प्रतियोगिता सम्पन्न गर्न बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीको नेतृत्वमा समिति बनेर काम गर्दै आएको छ ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुनेले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष मैनालीले जानकारी दिनु भयो । यस्तै दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुनेले १ लाख ५० हजार, चौँथो हुनेले १ लाख र पाँचौं हुनेले ७५ हजार रुपैयाँ, ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप काठमाडौं पछिको सर्वाधिक राशीको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।

 

 

 

 

सम्बन्धित खबर