Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
शिवसताक्षीबाट लागुऔषधसहित दुई जना पक्राउ
सोमवार, साउन १९, २०८२
झापा, १९ साउन: लागुऔषध ओसारपसार तथा बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका-५ सालडाँगीबाट दुई युवा पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा आइतबार राति इलाका प्रहरी कार्यालय शिवगञ्ज र झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र कुमार ताजपुरियाको घरमा छापा मारेको थियो । चेकजाँचका क्रममा ताजपुरियाको कोठामा शिवसताक्षी-४ का २१ वर्षीयका अजय ताजपुरियालाई समेत लागुऔषध बिक्रीका लागि तयारी गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने लिसाइला पदार्थ प्लास्टिकसहित १५ ग्राम २३ मिलिग्राम र प्लास्टिकबाहेक ८ ग्राम बरामद गरिएको छ ।
लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेलाई जिम्मा दिइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।