बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

सोमवार, साउन १९, २०८२

काठमाडौँ, १९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ ।

सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिनुभयो ।

सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताउनुभयो ।

सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गर्नुभयो । उहाँले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्याङ्कन नगरी मलखाद वितरण भएको छ ।”

उहाँँले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसानहरु अत्यन्त मार्कामा परिरहेको दाबी गर्नुभयो ।

सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनःस्थापना र व्यवस्थापनको दिगो समाधन नहुँदा समस्यामा परेको बताउनुभयो । “पुनःस्थापना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा अयोग गठन गर्दा पनि समस्या समाधान हुन नसक्दा विस्थापित परिवारहरु निराश छन् । शिविरहरुमा कष्टकर जीवन बिताउन बाध्य छन् । दीर्घकालीन समाधानका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

सांसदहरु दुर्गा राई र नारायणी शर्माले मुलुकी अपराध संहिताले पूर्णत निषेध गरेको बहुविवालाई छुट दिने कानुन ल्याउन लागिएको सुनिएको उल्लेख गर्दै त्यसको विरोध गर्नुभयो । सांसद राईले महिलामाथि हिंसा हुने र पुरुष छाडा हुने यो कानुन किन ल्याउन लागिएको भनेर विधेयकको घोर निन्दा र भत्सर्ना गर्नुभयो । सांसद शर्माले यो विधेयकलाई तत्काल नष्ट गर्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाश ज्वालाले पनि बहुविवाहको बाटो खोल्ने गरी कानुनमा गर्न लागेको संशोधन रोकिनुपर्ने माग गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरी अघि बढाउन आग्रह गर्नुभयो । उहाँले सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउन छलछाम षड्यन्त्र गर्न व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आओस् भन्ने मागसमेत गर्नुभयो ।

सांसद प्रतिमा गौतमले ललितपुरको गोदावरी क्षेत्रको ६० प्रतिशत जारको पानीमा ढलजन्य किटाणुको मात्रा भेटिएको तथ्य सार्वजनिक गर्दै यस्तो दूषित पानीका कारण झाडापखाला, टाइफाइडजस्ता रोगको महामारी फैलन सक्ने खतरा रहेको बताउनुभयो । उहाँले पानी आपूर्ति गर्ने कम्पनीहरूको परीक्षणलाई कडाइ गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद विमला सुवेदीले प्रतिनिधिसभाको नियमावलीअनुसार गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नभएकोप्रति आपत्ति जनाउँदै तत्काल गठन गर्न माग गर्नुभयो । सांसदहरु दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नैनकला थापा, पुष्पबहादुर शाह र प्रतीक्षा तिवारीले जनचासोका सरोकारहरुबारे धारणा राख्नुभयो ।

सम्बन्धित खबर