शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७मा टोल विकास संस्थालाई कुर्सी वितरण

बुधवार, वैशाख २७, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले टोल विकास संस्थालाई प्लाष्टिकका कुर्सी वितरण गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच टोल विकास संस्थाका प्रतिनिधिहरुलाई कुर्सी वितरण गरीएको हो ।

वडाअध्यक्ष अविरल कृष्ण खरेलले २४ वटा टोल विकास संस्थालाई १६ वटाका दरले कुर्सी वितरण गरीएको जानकारी दिनु भयो । उहाँले वडाको सिलिङ्ग वजेटबाट विनियोजित २ लाख ५० हजार रुपैयाँबाट कुर्सी खरीद गरि वितरण गरीएको बताउनु भयो ।

टोल विकास संस्थाको बैठक बस्नको समस्या देखिएकोकारण थोरै भएपनि राहत पुग्छ भन्ने उदेश्यले पहिलो चरणमा कुर्सी वितरण गरीएको वडाअध्यक्ष खरेलको भनाई छ ।

 

 

 

सम्बन्धित खबर