मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

मङ्गलवार, साउन २०, २०८२

जेरुसेलम, २० साउन: इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार बताएको छ ।
 
“संयन्त्र निर्माणको भागका रूपमा, रक्षा प्रतिष्ठानले धेरै मापदण्ड र कडा सुरक्षा जाँचको अधीनमा सीमित सङ्ख्यामा स्थानीय व्यापारीहरूलाई अनुमोदन गरेको छ”, कोगाटले भनेको छ ।
 
इजराइलले २२ महिनादेखि गाजामा प्यालेस्टिनी लडाकू समूह हमाससँग लड्दै आएको छ र मार्च २ मा पूर्ण नाकाबन्दी लगाएको थियो । इजरायलले उक्त नाकाबन्दी मेमा आंशिक रूपमा हटाएको थियो र अमेरिकी समर्थित निजी एजेन्सीलाई खाद्य वितरण केन्द्रहरू खोल्न अनुमति दिएको थियो ।
 
संयुक्त राष्ट्रसङ्घको आदेशित विशेषज्ञ रिपोर्टहरूले युद्धग्रस्त क्षेत्रमा अनिकाल फैलिरहेको चेतावनी दिएपछि अरब र युरोपेली सेनाहरूद्वारा सहायता सवारी र हवाई सहायता गत महिना पुनः सुरु भयो । 
 
‘हमास आतङ्कवादी सङ्गठनको संलग्नता रोक्नका लागि’ गाजामा प्रवेश गर्नुअघि इजरायली सेनाले निरीक्षण गर्नुपर्ने र निगरानी गरिएको बैंक स्थानान्तरणद्वारा निजी क्षेत्रको डेलिभरीको भुक्तानी गरिने कोगाटको विज्ञप्तिमा भनिएको छ ।
 
नयाँ संयन्त्रअन्तर्गत अनुमति प्राप्त वस्तुहरूमा खाद्य पदार्थ, फलफूल, तरकारी, बच्चाको दूधको पाउडर र स्वच्छता उत्पादनहरू समावेश हुने कोगाटले जनाएको छ ।
सम्बन्धित खबर