शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड १ मा घर वाइरिङ तथा ड्राइभिङ्ग सम्बन्धी निशुल्क तालिम सुरु

बिहिवार, वैशाख २८, २०८०

झापा ।  बिर्तामोड नगरपालिका १ मा घर वाइरिङ र हल्का ४ चक्के सवारी चालक सम्बन्धी निशुल्क तालिम सुरु भएको छ ।
वडा नम्बर १को आर्थिक सहयोगमा आज देखि १ महिनासम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका विच वडा नम्बर १का वडाअध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि प्रसाद पाण्डेले उद्घाटन गर्नु भयो ।

साना हलुका तथा मझौला सवारी प्रशिक्षण नेश्नल ड्राइभिङ स्कुल एण्ड प्रि–टेस्ट सेन्टरले गराउने छ । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न, गरिबहरुको लागि यस प्रकारको तालिम आयोजना गरीएको वडा कार्यालयले जनाएको छ । तालिममा २४ जना भन्दा बढीले सहभागिता जनाएका छन् ।  तालिम सम्पन्न भएपछि उनीहरु स्वरोजगार बन्न मद्वत पुग्ने छ ।

सम्बन्धित खबर