Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड १ मा घर वाइरिङ तथा ड्राइभिङ्ग सम्बन्धी निशुल्क तालिम सुरु
बिहिवार, वैशाख २८, २०८०
झापा । बिर्तामोड नगरपालिका १ मा घर वाइरिङ र हल्का ४ चक्के सवारी चालक सम्बन्धी निशुल्क तालिम सुरु भएको छ ।
वडा नम्बर १को आर्थिक सहयोगमा आज देखि १ महिनासम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका विच वडा नम्बर १का वडाअध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि प्रसाद पाण्डेले उद्घाटन गर्नु भयो ।
साना हलुका तथा मझौला सवारी प्रशिक्षण नेश्नल ड्राइभिङ स्कुल एण्ड प्रि–टेस्ट सेन्टरले गराउने छ । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न, गरिबहरुको लागि यस प्रकारको तालिम आयोजना गरीएको वडा कार्यालयले जनाएको छ । तालिममा २४ जना भन्दा बढीले सहभागिता जनाएका छन् । तालिम सम्पन्न भएपछि उनीहरु स्वरोजगार बन्न मद्वत पुग्ने छ ।