शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

घातक हिमाली बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा भारतीय सेना

बुधवार, साउन २१, २०८२

नयाँदिल्ली, २१ साउन: घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ ।
 
उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् ।
 
“थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदिसहित... प्रयासलाई तीव्रता दिन थालिएको छ”, सेनाले बुधबार भनेको छ । सैन्य हेलिकप्टरहरूले ‘आवश्यक सामग्रीहरू, औषधिहरू र डुबानमा परेकाहरूको उद्धार’ का लागि काम गरिरहेको पनि सेनाले बताएको छ ।
 
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो बाढी तीव्र ‘आरी घोप्टे’ वर्षाका कारण आएको बताउनुभयो र उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताउनुभयो । मङ्गलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीको डरलाग्दो लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन् ।
 
धेरै मानिसलाई दौडिरहेको देख्न सकिन्थ्यो । त्यसपछि तिनीहरू पूरै भवनहरूलाई जरैदेखि उखेल्ने अँध्यारो फोहोरको छालहरूमा डुबेका थिए । रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) समाचार एजेन्सीलाई मङ्गलबार राति ‘चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता’ भएको बताउनुभयो ।
 
 चरम घटना  
 
मुसलधारे मनसुनी वर्षा जारी छ । “निरन्तर वर्षाका कारण बढ्दो पानीको सतहलाई ध्यानमा राखेर बासिन्दाहरूलाई उच्च ठाउँहरूमा सारिएको छ”, सेनाले भनेको छ । सरकारी मौसम पूर्वानुमानकर्ताहरूले बुधबार उत्तराखण्डका सबै प्रमुख नदीहरू खतराको सीमाभन्दा माथि बगिरहेको बताए ।
 
मुख्य धार बितिसकेपछि घटनास्थलबाट सेनाले सार्वजनिक गरेको तस्बिरमा ढिलो गतिमा बग्ने माटोको नदी देखाइएको छ । सहरको ठूलो भाग हिलोले डुबाएको छ । उद्धारकर्ताहरूको अनुमानअनुसार केही ठाउँमा यो ५० फिट (१५ मिटर) गहिरो छ र केही भवनलाई पूर्ण रूपमा हिलोले डुबाएको छ । जुनदेखि सेप्टेम्बरसम्मको मनसुन मौसममा घातक बाढी र पहिरो सामान्य हुन्छ, तर विज्ञहरू सहरीकरणसँगै जलवायु परिवर्तनले तिनीहरूको आवृत्ति र गम्भीरता बढाइरहेको बताउँछन् ।
 
संयुक्त राष्ट्रसङ्घको विश्व मौसम सङ्गठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरी जलवायु परिवर्तनले पृथ्वीको पानीचक्रलाई अझ अप्रत्याशित बनाउँदै आउने कुराको ‘सङ्कटको सङ्केत’ हो भनेको थियो । विशेषज्ञ हाइड्रोलोजिस्ट मनिष श्रेष्ठले बाढी क्षेत्रमा २४ घण्टाभित्र दुई सय ७० मिलिमिटर (१० इन्च) वर्षा भएको रिपोर्ट ‘चरम घटनाको रूपमा गणना गरिएको’ बताउनुभयो ।
 
नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका श्रेष्ठले पहाडहरूमा यस्तो वर्षाको समतल भूमिको तुलनामा ‘बढी केन्द्रित’ प्रभाव हुने बताउनुभयो । “यस्ता तीव्र वर्षाका घटनाहरू बढ्दो सामान्य हुँदै गइरहेका छन् र यसलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ”, उहाँले भन्नुभयो ।
सम्बन्धित खबर