बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर

बुधवार, साउन २१, २०८२

विराटनगर, २१ साउन : कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ ।

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसान सकिरहेका छैनन् । चार दशमलव २९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा एक दशमलव ९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि तीन दशमलव १९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान दुई लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै दुई लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा एक लाख ३७ हजार ७३० मेट्रिक टन, फापर दुई हजार ८९६ हेक्टर जग्गामा चार हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा एक हजार २८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला आठ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल दुई हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व आठ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व सात दशमलव ३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ ।

प्रदेशमा आव २०८१÷८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा सात हजार १५० मेट्रिक टन, उखु पाँच हजार ९३२ हेक्टर जग्गामा तीन लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ छ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो ।

उहाँले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन पाँच दशमलव सात प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा छ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिनुभयो ।

सम्बन्धित खबर