आइतवार, साउन १०, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

सांसदद्वारा बहुविवाहबारे सरकारको जवाफ माग

बुधवार, साउन २१, २०८२

काठमाडौँ, २१ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न नहुने भन्दै खेद प्रकट गर्नुभयो । 
 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बहुविवाहबारे सरकारको धारणा के हो? सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले महिला समन्वय समितिको यथाशीघ्र गठन गर्न समेत माग गर्नुभयो । 
 
मुलुकी अपराध संहिता, २०७४ ले बहुविवाहलाई पूर्ण निषेध गरेको छ । तर अपराध संहिताको दफा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी मस्यौदा बनेको भन्ने विषयमा सांसदहरूले आपति जनाउनुभयो । 
 
सांसद शान्ति विकले मुलुकी अपराध संहितामा संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने कानुन ल्याउन नहुने तर्क प्रस्तुत गर्नुभयो । “घुमाउरो भाषामा बहुविवाहलाई मान्यता दिने कानुन निर्माण गर्न खोजिएको हो ? एकलाई हक दिँदा अर्कोको खोसिँदैन ?”, उहाँले प्रश्न गर्नुभयो ।
 
सांसद शेरबहादुर कुवँर, सुशीला सिर्पाली ठकुरी, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सूर्यमान तामाङ दोङ, ज्ञानु बस्नेत सुवेदी र शान्ति चौधरीले यस्तो व्यवस्थाले संविधान प्रदत हकको हनन गर्ने भन्दै आपत्ति जनाउनुभयो । 
 
“यतिबेलासम्म सरकार मौन बस्नु लज्जास्पद हो !”, सांसद सुवेदीले भन्नुभयो । यसले सरकार सामाजिक र सांस्कृतिक कुरीतिको पक्षमा उभिन खोजिेको स्पष्ट हुने उहाँहरूको भनाइ छ । सांसदहरूले बहुविवाहसम्बन्धी प्रस्ताव दशकौँदेखिको महिला अधिकारको मर्मविपरीत रहेको तथा लैङ्गिक हिंसाका रूपमा मानिने भन्दै यो प्रस्ताव तुरुन्त फिर्ता गर्न माग गर्नुभयो । 
 
शून्य समयमा सांसद शक्तिबहादुर बस्नेतले आधारभूत स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो । “तीनै तहका सरकारबीच समन्वय गरी यथाशीघ्र ‘ओएनएम’ गरी पदपूर्ति प्रक्रिया अघि बढाइयोस्”, उहाँले भन्नुभयो, “दरबन्दी भएका अस्पतालमा पनि जनशक्ति आपूर्ति भएको छैन । दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहनका कार्यक्रमको व्यवस्था हुुनपर्छ ।” 
 
सांसद सुशीला श्रेष्ठले सरकारी स्वास्थ्य संस्थामा अनलाइनमार्फत भुक्तानीको व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद सुहाङ्ग नेम्वाङले इलाम जिल्लाका नागरिकलाई नक्सा पास, नागरिकता र राष्ट्रिय परिचयपत्रजस्ता आधारभूत सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । 
 
शून्य समयमा सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लाको नदी नियन्त्रण आयोजना डडेलधुरा लगेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद हर्कमाया विश्वकर्माले भूमिहीन दलितका लागि जग्गा प्रमाणपत्र प्राप्तिमा कानुनी व्यवस्थाका लागि ध्यानर्कषण गराउनुभयो । 
 
सांसद हसिना खानले नेपालगञ्जको विमानस्थलमा भारतको दिल्लीबाट सीधा उडानको व्यवस्था गर्न भारत सरकारसँग छलफल गर्नुपर्ने भन्दै उक्त छलफललाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभयो । सांसद हितबहादुर तामाङले नुवाकोट जिल्लामा विपद् प्रभावित परिवारलाई निजी आवास निर्माणमा अनुदान उपलब्ध गराउनेसम्बन्धमासरकारको ध्यानार्कषण गराउनुभयो । 
 
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन व्यवसायमा काम गर्ने श्रमिकहरूलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्ने कानुनी व्यवस्थाको कार्यान्वयनमा जोड दिनुभयो । सांसद सीताकुमारी रानाले सुर्खेत–दैलख सडक, कर्णाली राजमार्ग तथा मध्यपहाडी राजमार्ग छेउका बस्तीहरूमा रहेका नागरिकलाई सडकभित्र परेको जग्गा नापी लालपुर्जामा क्षेत्रफल कटौती गरी आवधिक गर्न माग गर्नुभयो । 
 
सांसद सीता मिजारले नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा स्थानीयसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सांसद सुनिता बरालले सूचना तथा प्रसारण विभागले यही साउन २० गते जारी गरेको अनलाइन दर्ता र नवीकरणसम्बन्धी सूचना कार्यान्वयनका लागि आवश्यक पर्ने स्पष्ट कार्यविधि र मापदण्ड तथा प्रक्रिया उल्लेख नभएको टिप्पणी गर्नुभयो । उहाँले सरकारी निकायले सूचना प्रकाशन गर्दा आवश्यक विधि र प्रक्रिया पूरा गर्न सचेत गराउनुभयो । 
 
सांसद सुरेन्द्रराज आचार्यले किसानलाई मलखादको अभावबारे ध्यानार्कषण गराउनुभयो । सांसद सपनाराज भण्डारीले निर्माण क्षेत्रमा काम गर्ने जोखिमयुक्त काममा सुरक्षा उपकरणको प्रयोग र पर्याप्त तालिमको व्यवस्थाको व्यवहारिक कार्यान्वयन गर्न माग गर्नुभयो । सांसद सराज अहमल फारुकीले तराई–मधेसका जिल्लामा पोषणकेन्द्र स्थापना गर्न र सर्पदंशको प्राथमिक उपचारका लागि केन्द्र स्थापनाका लागि ध्यानार्कषण गराउनुभयो । 
 
सांसद सरिता भुसालले ग्रामीण क्षेत्रमा स्वयं सेविकाको भूमिकाबारे चर्चा गर्दै उनीहरूलाई श्रमिकको दायरामा ल्याउन सुविधा थप गर्न माग गर्नुभयो । न्यूनतम ज्याला र योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा आबद्ध गराउनुपर्ने उहाँको भनाइ छ । सांसद सूर्यप्रसाद ढकाल र हेमराज राईले समसामायिक विषयमा सरकारको ध्यानार्कषण गराउनुभयो । 
सम्बन्धित खबर