Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर
बुधवार, साउन २१, २०८२
धनुषा, २१ साउन : धनुषामा सशस्त्र प्रहरी बल नेपाल र तस्कर समूहबीच झडप भएको छ। भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा आज साँझ करिब सवा ८ बजे विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैंचामा झडप भएको हो।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा खटिएको सुरक्षादलले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर समूह र स्थानीय बासिन्दाहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले एसएलआरबाट ४ राउण्ड हवाई फायर गरेका थिए। झडपका क्रममा केही तस्करीका सामानहरू स्थानीयले लुकाएको जनाइएको छ। तर, एक थान मोटरसाइकल र केही किराना सामान भने सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
बरामद गरिएका सामान र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।