बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

नगरपालिकाको अनुदानमा कृषिमा आत्मनिर्भर बन्दै किसान

बिहिवार, साउन २२, २०८२

मेचीनगर, २२ साउनः मेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् । मेचीनगर नगरपालिकाको सहयोग लिएर तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु कृषि व्यापार प्रर्वद्धनमा जुटेका हुन् ।

आलु खेतीमा आत्मनिर्भर बन्दै गरेका मेचीनगर–१५ स्थित भाङ्गा सीतु कृषि फर्मका सञ्चालक रुहीदास राजबंशीले अघिल्लो वर्ष भन्दा यसवर्ष बार्षिक २ लाख बढी नाफा कमाएको बताउनुहुन्छ । उहाँले अघिल्लो वर्ष ५ लाख नाफा कमाउका थिए भने यसवर्ष ७ लाख नाफा भएको बताउनुभयो ।

४ विघा क्षेत्रफलमा आलु खेती गरिरहेका कृषक राजबंशीले यसवर्ष ५५ टन आलु बिक्री गरेको जानकारी दिनुभएको छ । सुरुमा २६÷२७ रुपैयाँ प्रतिकेजी आजु बिक्री भएपनि पछिल्लो समय ३२/३३ रुपैयाँले बिक्री गरेको उहाँको भनाई छ । उहाँका अनुसार यसवर्ष ७ लाख रुपैयाँ आम्दानी भएको छ । गतवर्ष ५ लाख नाफा भएको थियो । आगामी वर्ष करिव ७ विघा जग्गामा खेती गरेर १० लाख नाफा कमाउने लक्ष्य छ । नगरपालिकाले २०८१/८२ मा आलु खेती प्रर्वद्धनका लागि भाङ्गा सीतु कृषि फर्मका सञ्चालक राजबंशीलाई ५० प्रतिशत अनुदानमा रकम सहयोग गरेको थियो ।

त्यस्तै मेचीनगर–१ तिरिङ स्थित मेची कृषक समूहका अध्यक्ष एवम् सुपारी उत्पादनमा लामो समयदेखि लाग्नुभएको कृषक रत्नबहादुर कार्कीले नगरपालिकाले सुपारी बेर्ना उत्पादनका लागि सहयोग गरेको बताउनुहुन्छ । उहाँका अनुसार २०८१/८२ मा करिव ४० हजार सुपारीको बेर्ना उत्पादन गरिएकोमा १० हजार बेर्ना बिक्री गरिएको छ । २० जना कृषकको समूहलाई जमिन अनुसार एक हजारदेखि १५ सयसम्म विरुवा वितरण गरिएको छ ।

कार्कीले आफ्नै पनि ३२ कठ्ठा जग्गामा तीस वर्ष अघिदेखि सुपारी खेती गरिरहनुभएको छ । ‘धमिरा रोग र हात्तीका कारण केहि सुपारीका बोटहरु मासिएको छ’, कार्कीले भन्नुभयो–‘तीनसय ५०वटा बोट लगाएको छु । बार्षिक ४ लाख नाफा हुन्छ । यसपालि ४६० वटा लगाएको छु । चारवर्षमा उत्पादन दिन थाल्छ । अर्कोवर्ष एक हजार बोट रोपेर ८/१० लाख नाफा बनाउने उदेश्य रहेको छ ।’

उहाँले भन्नुभयो ‘खेतमा सुपारी लटररम्म फलेपछि व्यापारीहरु घरैमा आउने गरेका छन् । व्यापारीलाई बगान नै मोलेर सुपारीको दाना दिने गरिएको छ । अघिल्लो पटक ९५ क्विन्टल भएको थियो । यसपटक ६५ क्विन्टल मात्र भयो । खर्च खासै हुँदैन । बार्षिक ४ लाख नाफा हुन्छ ।’ उहाँले कृषि ज्ञान केन्द्र भद्रपुरबाट पनि ५० प्रतिशत अनुदानमा सुपारी खेतीकाका लागि आवश्यक पर्ने औजार पावर टेलर सहयोग लिएको बताउनुभयो ।

यता मेचीनगर–३ का चार जना कृषक मिलेर सञ्चालन गरेको समृद्वि कृषि फर्ममा विभिन्न प्रकारका तरकारीहरु फलाउनुभएको छ । सीजन अनुसारका तरकारीहरु उत्पादन गरेर बजार तथा गाउँमा नै बिक्री गर्ने गरेको फर्मका सञ्चालक पुष्प गुरागाईले बताउनुभयो ।

विगतमा माओवादी पृष्ठ भूमिबाट आएका नेकपा एमालेका जिल्ला सदस्य समेत रहनुभएका कृषक गुरागाईले डेढ विघा जग्गामा चार जना मिलेर तरकारी खेती गरिएको जानकारी दिनुभयो । सीजनमा करिव १८ क्विन्टल करेला, ५५ क्विन्टल टमाटर, १२ क्विन्टल फुलकोपी, १० क्विन्टल बन्दाकोपी, चाइनीज फर्सी, काँक्रा, खरवुजा लगायतका तरकारी र फलफुल बिक्री गरिएको उहाँको भनाई छ ।

जैविक विषादीको झोल र प्राङ्गरिक मलबाट अर्गानिक तरकारी उत्पादन गरिएको गुरगाईको दावी छ । उहाँका अनुसार बाँदर आंतकका कारण भने जस्तो तरकारी खेती गर्न सकिएको छैन । हात्ती भन्दा पनि बाँदरले बढी दुःख दिएको छ । ‘सिजनमा काँक्रा मात्रै करिव ७० हजार रुपैयाँको बिक्री गरियो’, गुरागाईले भन्नुभयो–‘बार्षिक ४ लाख नाफा हुन्छ । तरकारी पकेट क्षेत्र भनेर २०८१/८२ मा नगरपालिकाले विउँ विजनमा सहयोग गरेको छ ।’

नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानका अनुसार २०८१/८२ मा सुपारी खेती विस्तारका लागि तालिम कार्यक्रम अन्तर्गत सुपारीको व्यवसायिक उत्पादन वृद्धि गर्ने उद्धेश्यले मेचीनगर–१, २, ३, ४ का ४० जना, मेचीनगर–९ का ४० जना र मेचीनगर–१२ का ४० जना गरि १२० जना सुपारी खेती गर्ने कृषकहरुलाई सहभागी गराई आधुनिक सुपारी खेती प्रविधि सम्बन्धि तालिम समेत दिएको छ ।

यस्तै संघीय सशर्त अनुदान तर्फको तरकारी वाली पकेट विकास कार्यक्रम अन्तर्गत पकेट विकासका लागि छनौट गरिएका वडाहरु मेचीनगर–२, ३ र ७ का २५ जना व्यवसायिक तरकारी उत्पादक कृषकहरुलाई समावेश गराइ १२ विगाहा जग्गामा व्यवसायिक रुपमा तरकारी उत्पादन कार्य गरिएको प्रधानले बताउनुभयो । साथै, पकेट विकास कार्यक्रममा आवद्ध २५ जना कृषकहरुलाई दश लाख १६ हजार ३९९ रुपैयाँ वरावरको प्रोत्साहन अनुदान रकम उपलब्ध गराएको छ ।

प्रदेश सशर्त अनुदान तर्फको आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत व्यवसायिक आलु उत्पादनका लागि छनौट गरिएका वडा मेचीनगर–१५ का ४ जना कृषकहरु चामलिङ्ग कृषि फर्म, रुहीदास कृषि फर्म, न्यू भेट्वाल कृषि फर्म र नेपाली वावु स्मार्ट कृषि फर्मलाई व्यवसायिक रुपमा आलु उत्पादन गर्ने उदेश्यले समावेश गरेर साढे १२ विगाहा जग्गामा व्यवसायिक रुपमा १०० टन भन्दा वढी आलु उत्पादन गरेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा आवद्ध उनीहरुलाई पाँच लाख ९६ हजार ५०० रुपैयाँ वरावरको प्रोत्साहन अनुदान रकम दिइएको उहाँको भनाई छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि कार्यक्रम अन्तरगत नगरका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्नका लागि आवश्यक विभिन्न प्रकारका औजारहरु र नगद अनुदान दिएको बताउनुभएको छ ।

सम्बन्धित खबर