शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

अर्काको जमिन हडपेर सञ्चालन गरिएको पाउरोटी उद्योग बिर्तामोड प्रहरीले हटायो

शनिवार, वैशाख ३०, २०८०

झापा। सामुदायिक प्रहरीको जमिन हडपेर सञ्चालन गरिएको उद्योग बिर्तामोड प्रहरीले हटाएको छ । बिर्तामोड–४ मा सामुदायिक प्रहरी सेवा केन्द्रको स्वामित्वमा दर्ता कायम रहेको जमिनमा सञ्चालित पाउरोटी उधोग प्रहरीले हटाएको हो ।
उद्योग सञ्चालकले प्रहरी सेवा केन्द्रको जग्गामा संरचना निर्माण गरेपछि अदालतको आदेश बमोजिम भत्काइएको ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताउनु भयो ।

प्रहरी, जनप्रतिनिधि र प्रहरी सेवा केन्द्रको अगुवाईमा सो संरचना भत्काइएको थियो ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रलाई दाताबाट प्राप्त भएको जग्गामा रमेश राजवंशीले पाउरोटी उधोगको संरचना बनाएका थिए । इलाका प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन अन्तर्गत उधोगको संरचना भत्काएको हो।

प्रहरी सेवा केन्द्रको आग्रहमा प्रहरीले नगरपालिकाको समेत सहयोगमा संरचना भत्काइएको हो । भत्काउने क्रममा राजवंशीले जेसीभीको सिसा फुटाइदिएका छन् । सिसा फुटाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र विरुद्ध उल्टै मुद्धामामिला गरेका राजवंशी विरुद्ध फैसला आएपछि सेवा केन्द्रको जग्गा खाली गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले जानकारी दिनु भयो।

खनालका अनुसार जिल्ला अदालतले डेढ वर्षअघि नै फैसला गरेको थियो, कोभिड र निर्वाचनका कारण भत्काउन सकिएको थिएन । प्रशंसा वेकरी उधोग सञ्चालन गर्दै आएका राजवंशीलाई पटक–पटक ठाउँ खाली गर्न आग्रह गर्दा पनि नछोडेपछि जेसीभी प्रयोग गरिएको खनालले जनाईएको छ ।

सम्बन्धित खबर